1 / 26

संघीय शासन प्रणालीमा अन्तरसरकारी सम्बन्धको ब्यवस्थापन

संघीय शासन प्रणालीमा अन्तरसरकारी सम्बन्धको ब्यवस्थापन. रामेश्वर श्रेष्ठ नगर प्रमुख, महालक्ष्मी नगरपालिका, ललितपूर. प्रश्तुतीकरणका विषयहरु. संघीय राज्य सञ्चालनका संवैधानिक आधारहरु अन्तरसम्बन्ध तथा विवादका प्रकृति तहगत शक्तिविन्यासको संवैधानिक प्रावधानहरु

vickrey
Download Presentation

संघीय शासन प्रणालीमा अन्तरसरकारी सम्बन्धको ब्यवस्थापन

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. संघीय शासन प्रणालीमा अन्तरसरकारी सम्बन्धको ब्यवस्थापन रामेश्वर श्रेष्ठ नगर प्रमुख, महालक्ष्मी नगरपालिका, ललितपूर

  2. प्रश्तुतीकरणका विषयहरु • संघीय राज्य सञ्चालनका संवैधानिक आधारहरु • अन्तरसम्बन्ध तथा विवादका प्रकृति • तहगत शक्तिविन्यासको संवैधानिक प्रावधानहरु • तीनवटै सरकारहरुवीच सम्बन्ध विकासका वर्तमान संस्थागत प्रणालीहरु • अन्तरसरकारी सम्बन्ध निर्माणमा देखिएका समस्या तथा चूनौतिहरु • तीनैतहका सरकारहरुवीच सुमधुर सम्बन्ध विकासका लागि उपायहरु • अन्तरराष्ट्रिय अभ्यासहरु

  3. विषय प्रवेश • २ नं प्रदेश र संघीय सरकारवीच कर्मचारी भर्ना प्रहरी भर्ना तथा प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र बारे जुहारी • संघले खटाएका कर्मचारीहरुलाइ स्थानीय सरकारले फिर्ता पठाए । • शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग शिक्षकहरु संघीय कर्मचारी रहने गरी सम्झौता गर्यो । • काठमाण्डौ महानगरपालिका र आन्तरिक राजस्व विभागवीच सम्पत्ति कर सम्बन्धमा विवाद • एक नगरपालिका र बन कार्यालयबीच सामुदायिक बन पैदावर रोयल्टी सम्बन्धमा विवाद • प्रदेश तथा संघले स्थानीय तहसँग समन्वय नगरी स साना टुक्रे विकास छर्ने काम भइरहेका समाचारहरु • प्रशासन पुनर्संरचना आयोगको सुझावले २१ हजार कर्मचारी मात्र संघमा राख्ने शिफारिस गरेकोमा कुनै अध्ययन विना संघमा ६० हजार पुर्याइयो • कर्मचारी समायोजनबाट दुर्गमका अधिकांश पालिकाहरु कर्मचारीविहीन भए ।

  4. यस्ता समस्याहरुका मुहान के के हुन् ? • यसको जिम्मेवार को हो ?

  5. नेपालको संघीय शासन प्रणाली • सरकारका तीन तहहरु, 3 Layer cake, Holding together • साझा तथा स्वायत्त कानूनहरु • एकापसमा समन्वय, सहकार्य र सहअस्थित्व • सन्निकटताको सिद्दान्त • अवशिष्ट अधिकारहरु संघमा रहने

  6. संघीय राज्य सञ्चालनका संवैधानिक आधारहरु • बहु सरोकार प्रणालीमा आधारित एकीकृत संविधान¸संवैधानिक सर्वोच्चता • लोकतान्त्रिक मूल्य तथा मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्दता ब्यक्त • बहुलता¸ समानुपातिक समावेशीकरण¸विविधता¸समानता र सहभागितामूलक शासन ब्यवस्थाको प्रत्याभूति • लोककल्याणकारी राज्य व्यवस्था स्थापना गर्ने संकल्प र अठोट • तीनै तहका सरकारहरुवीच अन्तरसम्बन्ध तथा विवाद निरुपणको संस्थागत ब्यवस्था

  7. तीन तहका सरकारहरुवीच शक्ति विन्यास

  8. तीनै तहका सरकारहरुको अन्तरसम्बन्ध संवैधनिक हैसियत राख्ने समान हैसियतका सहकारी सरकारहरु सहकारिता, सहअस्थित्व र समन्वयमा आधारित अन्तरसम्बन्धको संवैधानिक ब्यवस्था तीनै तहका सरकारहरुवीच ठाडो र तेर्सो समन्वय

  9. तहगत सरकारहरुका स्वायत्तताका आधारहरु कार्य जिम्मेवारीFunctions स्रोतFund संयन्त्र Functionaries Fund follows functions, Functionaries follow fund

  10. अन्तरसरकारी सम्बन्ध/समन्वय/सहकार्यका क्षेत्रहरु • विकास र समृद्दिका लागि सहकार्य र प्रतिस्पर्धा • वृहद राष्ट्रिय हितका विषयहरु • राजनीतिक विवादका विषयहरु • अधिकार क्षेत्रका विषयहरु • आर्थिक औद्योगिक र वाणिज्य सम्बन्धी • आम्दानी खर्च राजस्व र वित्तीय हस्तान्तरण • प्राकृतिक स्रोत साधन र पूर्वाधार विकास • शान्ति सुरक्षा आतङ्कवाद तथा संगठित अपराध विरुद्दको सहकार्य • विश्वव्यापी एजेण्डाहरु

  11. अन्तरसरकारी विवादका क्षेत्रहरु • प्राकृतिक सम्पदाहरुको प्रयोग र बाँडफाँड • क्षेत्राधिकार र सीमा • आर्थिक नीति निर्धारण राजस्वको बाँडफाड तथा वित्तीय स्रोतको असन्तुलन • कानूनको निर्माण र कार्यान्वयन • सहमति उल्लंघनका विषयहरु • भाषिक धार्मिक र सांस्कृतिक सम्पदाको प्रयोग • प्रदुषणसँग सम्बन्धित विषयहरु • Patent Right सँग सम्बन्धित विषयहरु • आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरु • ठूला आयोजनासँग सम्बन्धित विषयहरु लाभको बाँडफाँड र भौतिक संरचना निर्माण • कार्यजिम्मेवारी र वित्तीय स्रोतका वीचको असन्तुलन • राज्य शक्तिको प्रयोगको सवाल र आपसी सहयोगका विषय

  12. अन्तरसम्बन्धको संवैधानिक प्रवन्ध • धारा २३२ तीनै तहहरुवीच सहकारिता सहअस्थित्व र समन्वयको सिद्दान्तमा आधारित रहने ब्यवस्था • साझा अधिकारको प्रयोगमा ठाडो Vertical तथा एकल अधिकारको प्रयोगमा समतलीय Horizontal सम्बन्ध रहने । • निर्देशक सिद्दान्तले cooperative federalism को परिकल्पना गरेको • धारा २३१ देखि २३६ • २३१ कानून निर्माणमा Federal Supremacy • २३२ संघले प्रदेश मन्त्रीपरिषदलाइ निर्देशन दिन सक्ने राष्ट्रपतिले प्रदेश मन्त्रीपरिषदलाइ सचेत गराउने तथा प्रदेश मन्रीपिरषद र सभालाइ ६ महीनासम्म निलम्बन गर्न सक्ने । तर संघीय संसदबाट ६ महीनाभित्र अनुमोदन नभएमा फुकुवा हुने । • संघले प्रदेशमार्फत वा सोझै स्थानीय सरकारलाइ सहयोग र निर्देशन दिन सक्ने ।

  13. अन्तरसम्बन्धको संवैधानिक प्रवन्ध ......... • धारा २३३ प्रदेश प्रदेशवीचको अन्तरसम्बन्ध • एक प्रदेशले अर्कोको कानूनी ब्यवस्थामा न्यायिक प्रशासनिक निर्णय र आदेशको कार्यान्वयनमा सहयोग गर्नुपर्ने । • धारा २३४ संघ प्रदेश वा प्रदेश प्रदेश वीच विवाद समाधनार्थ गठित परिषद • धारा २३५ तीनै तहवीच समन्वय र सहकार्यका लागि संघीय संसदले आवश्यक कानूनहरु बनाउन सक्ने । • धारा २३६ अन्तर प्रदेश व्यपारः व्यपार तथा ढुवानीमा अवरोध दोहोरो कर शुल्क दस्तुर लिइ निर्वाध आवतजावतमा भेदभाव गर्न नपाइने ।

  14. अन्तरसम्बन्धको संवैधानिक प्रवन्ध....... • एक तहले अर्को तहको कानूनी ब्यवस्था¸न्यायिक एवं प्रशासनिक निर्णयहरु र आदेशहरु कार्यान्वयनमा सहयोग गर्नुपर्ने । • नेपाल सरकारले राष्ट्रिय महत्वका विषयहरुमा प्रदेश सरकारलाइ र आफै वा प्रदेश सरकार मार्फत स्थानीय तहहरुलाइ निर्देशन दिन सक्ने । • कानून बमोजिमको सुरक्षा¸व्यवाहर¸र सुविधामा नागरिकहरुवीच विभेद नहुने । • आफ्नो अधिकार क्षेत्रका विषयमा संघ¸प्रदेश र स्थानीय तहले कानून बनाइ कार्यान्वयन गर्न सक्ने तर साझा अधिकारहरुको सन्दर्भमा संघीय कानूनसँग नबाझिने गरी प्रदेश र स्थानीय तहहरुले कानून बनाउन सक्ने । • प्रदेश र स्थानीय तहको बजेट पेश गर्ने समय संघीय कानून बमोजिम हुने ।

  15. अन्तरसम्बन्धको संवैधानिक प्रवन्ध ......... वित्तीय अन्तरसम्बन्ध • प्रदेश र स्थानीय तहहरुले संघीय सरकारमार्फत समानीकरण समपूरक विशेष तथा शसर्त अनुदानहरु प्राप्त गर्ने • शसर्त अनुदानको सन्दर्भमा स्थानीय तह संघप्रति Accountable हुनुपर्ने • वैदेशिक ऋण तथा सहायता संघमार्फत मात्र प्राप्त गर्न सकिने • प्राकृतिक स्रोत साधनको रोयल्टी बाँडफाँड • वित्तीय कानूनहरु

  16. अन्तरसम्बन्धको संवैधानिक प्रवन्ध....... • तीनै तहहरुले प्राकृतिक स्रोतको उपयोग र विकासबाट प्राप्त लाभको समन्यायिक वितरणको ब्यवस्था हुनुपर्ने । • आर्थिक कार्यप्रणाली तथा वित्तीय अनुशासनमा एकरुपताका लागि संघीय कानूनबमोजिम हुने ब्यवस्था • वृहद करसम्बन्धी कानून संघ तथा अन्य स्थानीय करहरु सम्बन्धमा प्रदेश र स्थानीय तहहरुवीच क्षेत्राधिकार तोकिएको ।

  17. सम्बन्ध विकास तथा विवाद समाधानका वर्तमान संस्थागत ब्यवस्थाहरु • संघ¸प्रदेश र स्थानीय तहहरुवीच समन्वय गर्न संघीय संसदले आवश्यक कानून बनाउन सक्ने जस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ • अन्तर प्रदेश तथा स्थानीय तहहरुवीच वित्तीय सम्बन्धलाई ब्यवस्थित गर्ने अन्तरसरकारी वित्त ब्यवस्थापन ऐन • तीनै तहहरुवीच समन्वय कायम गरी विवादहरु समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषदको गठन हुने । • प्रदेश र स्थानीय तहहरुवीच समन्वय तथा राजनीतिक विवादहरु समाधानका लागि प्रदेश सभाले भूमिका निर्वाह गर्न सक्ने

  18. सम्बन्ध विकास तथा विवाद समाधानका का संस्थागत ब्यवस्थाहरु • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग • जिल्लाभित्रका स्थानीय तहहरुवीच समन्वय गर्न जिल्ला समन्वय समितिको ब्यवस्था • संघीय एकाइहरुवीच जिम्मेवारी ¸स्रोत¸साधन र प्रशासनको साझेदारी हुने । • सवै प्रकारका सार्वजनिक सेवाका कर्मचारी हरुका सेवा शर्त तथा छनोट सम्बन्धी कानूनहरु संघीय कानूनका न्यूनतम मापदण्डमा रहेर निर्माण हुनुपर्ने । • सर्वोच्च अदालत

  19. अन्तरसरकारी सम्बन्ध निर्माणमा देखिएका समस्या तथा चूनौतिहरु चूनौतिहरु • Information Asymmetry: संघ सँग बढी सूचना छ स्थानीय तहहरुमा कमजोर छ । • Capacity Gap: सवै तहको क्षमता विकास गर्नु । संघमा तुलनात्मक रुपले क्षमता र अनुभवी कर्मचारीहरु एवम् राजनीतिज्ञहरु छन् । • Fiscal Balanceकायम गर्नु । • Coordination Mechanism Institutionalize भएको छैन • Policy coherence : संघ प्रदेश र स्थानीय तहहरुका नीति र कानूनहरुवीच तादाम्यताको कायम गर्नु । • सोच र बुझाइमा एकरुपता कायम गर्नु

  20. अन्तरसरकारी सम्बन्ध निर्माणमा देखिएका समस्याहरु • अनावश्यक संघीय सुप्रिमेसी तथा हेजमोनी कायम हुनु • समयमै संघीय मापदण्ड¸संरचना तथा कानूनहरु तयार नहुनु • संघले स्थानीय सरकारको क्षमतामाथि प्रश्न चिन्ह उठाउनु (प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेश सचिवहरु संघबाटै खटाइनु ) • केन्द्रीकृत सोच¸संस्कार र ब्यवाहर हावी हुनु । अझैपनि संघले परिपत्रहरु¸आदेशहरु जारी गर्ने तथा संविधान विपरीतका संरचनाहरुलाइ निरन्तरता दिनु । • केन्द्रीकृत संरचनामा रहेको कर्मचारीतन्त्रको आधरभूत मूल्य¸सोच¸व्यवाहर तथा क्षमतामा परिवर्तन नगरी समायोजन गरिनु । • राष्ट्रिय इन्टीग्रिटी र नैतिकताको खडेरी हुनु

  21. अन्तरसरकारी विवाद समाधान • संघीय एकाइहरुवीचका राजनीतिक विवादहरु लामो अदालती प्रकृयाभन्दा राजनैतिक तहबाटै समाधान खोज्नु उपयुक्त हुन्छ । • वैकल्पिक उपायहरु जस्तै वार्ता मेलमिलाप समन्वय मध्यस्थ्यता जस्ता विधिहरुको अवलम्बन गर्नु उपयुक्त हुन्छ । • संवैधानिक संरचनाहरुलाइ संस्थागत गरी क्रियाशील तुल्याउने ।

  22. अन्तरसरकारी सम्बन्धको विकासका उपायहरु 1 Legislation : संघले नमूना तथा संघीय कानूनहरु शीघ्र तयार गर्ने 2. Non legislative measures: बेञ्चमार्क नर्मस् गुणस्तरका सूचकहरु यथाशक्य तयार गरिदिनुपर्छ । 3. Intergovernmental Councilsहरु निर्माण 4. Performance indicatorsतय गरी एकरुपता र प्रतिस्पर्धात्मक वातावरण कायम गर्ने । 5. सकेसम्म Principle of Subsidiarity नै अपनाएर मात्र समस्याहरुको समाधान गर्ने । 6. अदालत र संवैधानिक आयोगहरुका निर्णयहरु मान्य हुनुपर्छ ।

  23. अन्तराष्ट्रिय असल अभ्यासहरु • USA: कानूनी र संवैधानिक मुद्दाहरुः सर्वोच्च अदालतमार्फत वातावरण श्रम तथा प्रदुषणः संघीय निकाय अन्य विवादहरु राजनैतिक तह तथा सिनेटको न्यायिक समितिबाट समाधान गरिने स्पष्ट व्यवस्था 2. Canada: First level ministers conference, second Level annual premiers conference , third level ministerial council, finally supreme court 3. Germany: पहिलो चरणमा मेलमिलाप समितिहरु दोस्रो तहमा सवै राज्यका प्रतिनिधिहरु रहने संवैधानिक परिषद तेस्रो चरणमा चान्सलरको सम्मेलन र अन्तिममा संवैधानिक अदालत 4. South Africa : पहिलो चरणमा अनौपचारिक तवरले सम्बन्ध विकास तथा संवैधानिक विवादका लागि मात्र संवैधानिक अदालतमा जाने ब्यवस्था

  24. अन्तराष्ट्रिय असल अभ्यासहरु 5. India: • सामाजिक तथा आर्थिक क्षेत्रहरुमा राज्यहरुवीच सहयोग तथा समन्वय प्रवर्दन गर्न पाँचवटा जोनल काउन्सील रहने • गृहमन्त्री संयोजक रहने अन्तरराज्य परिषद रहने । • संवैधानिक विवादहरु सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र तथा राजनीतिक विवादहरु सर्वोच्चको क्षेत्रवाहिर पर्ने ।

  25. जिज्ञासा ?

  26. सक्रिय सहभागिताका लागि धन्यवाद !

More Related